टाउकोमा अगुल्टो प्रहार गरी धनकुटामा आफ्नै साथीले गरिन् हत्या
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ | १६:५९:३०
काठमान्डौ,२८ माघ।
साथीले टाउकोमा अगुल्टो प्रहार गर्दा धनकुटामा एक महिलाको मृत्यु भएको छ।
धनकुटा छथरजोरपाटी-३ लामोगराकी २९ वर्षीया पवित्रा राईको आफ्नै साथीले अगुल्टोले हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बेलुका ७ बजे सोही स्थानकी २८ वर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईबीच सामान्य विवाद भएको थियो।
विवादका क्रममा निर्मलाले पवित्रालाई एक्कासि दाउराको अगुल्टोले टाउको र मुखमा हिर्काएकी थिइन्।
शक्त घाइते भएकी पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ।
घटनामा संलग्न निर्मलालाई प्रहरीले पक्राउ गरी हिरासत लिइसकेको छ।
प्रकाशित मिति : मंगलबार, माघ २८, २०७६ |
१६:५९:३०
5875


















