गाउँपालिकाका सबइन्जिनियर ५ हजार घुससहित पक्राउ
प्रकाशित मिति: सोमबार, फाल्गुण ०५, २०७६ | १७:१९:३१
भोजपुर,५ फागुन ।
भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर बिष्णुकुमार राई घूससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले घूस लिइसकेको अवसथामा पक्राउ गरेको हो ।
हायुखोला खानेपानी योजनाको बील फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ५ हजार घूस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
निज राईलाई उक्त रकमसहित आमचोक गाउँपालिका वडा नं। ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०५, २०७६ |
१७:१९:३१
6183


















