टुटेको मन जलेको मुटु
शिर्षक :- टुटेको मन जलेको मुटु
यो दुखि मनलाई सम्झाउन सकेको भए ।
रोइरहेको आँखालाई हसाउन सकेको भए ।
मुटु टुटेको खबर अरुलाई थाहा नभएको भए ।
मानिसलाई झुटो मुस्कान देखाउन सकेको भए ।
कास यो मुटुभित्र तिमी न आएको भए ।।
> उनलाई चाहने मन नभएको भए।
> म होसमै भए अनजान न भएको भए।
> माया बस्ने थिएन त्यो पत्थर मनसँग ।
> कास यो मुटुभित्र तिमी न आएको भए ।।
यो मुटु तिमी बिना एक्लो लाग्छ ।
हामि बिच जे भयो । हो, मलाई त्यहि लाग्छ ।
अजिब रहयो यो सम्बन्ध हाम्रो। मलाई लाग्छ ।
टुक्रेको यो मुटुले अब तिमी सँग बिदा मागछ ।
यो मुटुभित्र तिमी कहिल्यै नआएको जस्तो लाग्छ ।।
> कति चाँडै गयौ तिमी । माया गर्छु नि भन्न पाइनन् ।
> साँचो नै थियो मेरो माया झुटो कहिले लाइनन् ।
> मैले त तिमि बाहेक अरु कसैलाई चाहेनन् ।
> मेरो मुटु दु:ख बाहेक अरु केही पाइनन् ।
> यो मुटु भित्र तिमी छौ । मलाई कहिले लाइनन् ।।
माया लाग्दैन भने किन भुलाई दिदैनौं ।
मैले दिएको प्रेमपत्र किन जलाई दिदैनौं ।
म तिम्रो जिबनमा नै छैन भने ।
हातमा कोरेको मेरो नाम किन मिटाई दिदैनौं ।
यो मुटु भित्र रहेको मेरो तस्बिर किन हटाइ दिदैनौं ।।
मुकेश कुमार साह
न.पा.गौशाला-१०,महोत्तरी
हाल :- मलेसिया

























