खैरहनीमा लागुऔषध सहित ४ जना पक्राउ
चितवन , १७ जेठ।
चितवनको खैरहनीमा लागुऔषध सहित चारजना पक्राउ परेका छन्। पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा चेकजाँचको क्रममा आइतबार बेलुका प्रहरीले चारजनालाई पक्राउ गरेको हो ।
प्रहरीले ना १४ प ३३२३ र ग १ प २७८५ नम्बरको मोटरसाइलमा सवार व्यक्तीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ७५ ट्यावलेट नाइट्राजेपाम बरामद भएको छ । प्रहरीले मकवानपुर जिल्ला हेटौडाँ ११ बस्ने बर्ष २३ को बिजय प्रसाद चौलागाई , सोहि स्थान बस्ने बर्ष २४ को सन्तोष बिडारी , बर्ष ३६ को अर्जुन मोक्तान र बारा जिल्ला सिमरा उपमहानगरपालिक २२ बस्ने बर्ष ३६ को सुर्यमान वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।
उनीहरुको साथबाट मोटरसाइकल चोरी गर्दा प्रयोग गरिने एलएङकी २ थान समेत बरामद भएको प्रवक्ता थापाले बताए ।



















