खैरहनी ५ बाट घण्टीलाई १ सय ८ मतको अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | २१:०५:१७
चितवन , ५ मंसिर । चितवन क्षेत्र नम्बर १ को मतगणनाको क्रममा खैरहनी ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारले अन्य उम्मेदवारलाई पछि पारेका छन् । खैरहनी ५ मा कुल खसेको १ हजार ७ सय ३४ मतमध्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोलाकारभित्रको घण्टी चिन्ह भएका हरि ढकालले ६ सय १५ मत प्राप्त गरेका छन् । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलभन्दा १ सय ८ मतको अग्रता प्राप्त गरेका छन् । पौडेलले ५ सय ७ मत ल्याएका छन् भने नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ सय ३३ मत ल्याएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार मधुप कुमार भट्टराइले ८७ मत ,स्वतन्त्र उम्मेदवार विष्णु ( मिलन ) लामाले २१ मत ल्याएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
२१:०५:१७
4225



















