किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | १९:३०:४७
काठमाडौं, ७ पुस | प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिएका हुन् । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा सपथ लिने साह सम्भवतः पहिलो र एक मात्र सांसद हुन् । सपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
१९:३०:४७
7767



















