प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता
प्रकाशित मिति: आइतबार, पौष २४, २०७९ | ११:४५:१६
काठमाडौँ, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले भेटघाट गरी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले भेटघाट गर्न गएका हुन् ।
प्रकाशित मिति : आइतबार, पौष २४, २०७९ |
११:४५:१६
7349




















