सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी
प्रकाशित मिति: बुधबार, पौष २७, २०७९ | १९:३५:०६
धनगढी, २७ पुस | सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ ।
प्रकाशित मिति : बुधबार, पौष २७, २०७९ |
१९:३५:०६
7217



















