ए डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १९, २०७९ | २१:०४:२७
काठमाडौं, १९ फागुन | सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ। लिगको पहिलो खेलमा उसले फ्रेन्ड्स क्ललबमाथि संघषपूर्ण जित निकालेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्रो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा मेसुकेले ओलुमेउले गोल गर्दै खुमलटारलाई जित दिलाएका हुन् । खुमलटारले आज ए डिभिजन लिगमा डेब्यु गरेको हो । उसले पहिलो खेलमा नै जित निकालेर लिगमा सुखद् सुरुआत गरेको हो। उपअधि लक्ष्य लिएको फ्रेन्डसले भने हारबाट लिग सुरु गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १९, २०७९ |
२१:०४:२७
9285



















