मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ’
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १३:४५:४६
काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् । ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानशिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१३:४५:४६
5215



















