घरेलु मैदानमा नेपालकाे आज युएइसँग प्रतिस्पर्धा
प्रकाशित मिति: आइतबार, फाल्गुण २८, २०७९ | १०:४२:२३
काठमाडौ, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९:३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो | यसअघि आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियाे । गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ । १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सिमित भएपछि नेपालले ७ रनले विजयी भएकाे थियाे । आज पुनः नेपालले युएइसँग खेल्न लागेकाे हाे ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २८, २०७९ |
१०:४२:२३
6953



















