उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी
प्रकाशित मिति: आइतबार, फाल्गुण २८, २०७९ | १४:१७:४३
काठमाडौं, २८ फागुन । कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ । सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २८, २०७९ |
१४:१७:४३
9945



















