नेपाल भ्रमणमा रहेका चिनियाँ नेतासँग प्रचण्डको रोमबाट भर्चुअल वार्ता
काठमाडौं,०७ साउन | नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डलका नेता युआन जियाजुनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल वार्ता भएकोछ । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङको निम्तोमा २५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौं आजै आईपुगेका थिए ।
इटलीमा पुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले उनीसाग उतैबाट भर्चुअल माध्यमबाट कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको पनि आचार्यले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्टसंघीय खाद्य तथा कृर्षि संगठनको मुख्यालय इटालीको रोममा हुन गईरहेको कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्ताव गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन जियाजुन आज मध्यान्ह काठमाडौं आईपुगेका थिए ।



















