कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमा र श्रेष्ठको इजलासमा
प्रकाशित मिति: सोमबार, साउन ०८, २०८० | १३:०४:३१
काठमाडौं ,०८ साउन । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा आज (सोमबार) का लागि पेसी तोकिएको छ।
यसअघि आइतबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा पेशी तोकिए पनि न्यायाधीशले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन सकेको थिएन।
कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले २२ असारमा सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए ।
प्रकाशित मिति : सोमबार, साउन ०८, २०८० |
१३:०४:३१
7371



















