महिला टि–ट्वान्टी आई सिरिज : आज नेपाल र कुवेत भिड्दै
प्रकाशित मिति: बुधबार, भाद्र ०६, २०८० | १५:१३:११
काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । खेल मलेसियाको बायोमास ओभलमा हुनेछ । नेपाली समय अनुसार, नेपाल र कुवेतबीचको खेल मध्यान्ह पौने १२ बजेबाट सुरु हुनेछ ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति : बुधबार, भाद्र ०६, २०८० |
१५:१३:११
4951



















