यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री
प्रकाशित मिति: मंगलबार, भाद्र १२, २०८० | २०:२३:२०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री दाहालले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरामा सहजता ल्याउने बताएका हुन् । उनले वर्तमान सरकार सफल हुने बताए ।
‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रकाशित मिति : मंगलबार, भाद्र १२, २०८० |
२०:२३:२०
5105





















