किसानलाई माक्स,डेरी छिर्दा अनिवार्य हात धुनु पर्ने
चैत १६ गते । लकडाउनका कारण अनुकुलता हेरेर दुग्ध संकलन गरिरहेको चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले किसान र शेयर सदस्यलाई माक्स वितरण गरेको छ । स्वास्थ्य सचेतनाका लागि प्रति किसान एक एक वटाका दरले माक्स वितरण गरेको सहकारीका अध्यक्ष कमलराज थपलियाले वताए । दुई दिनमा एक हजार थान माक्स वितरण गरिएको उनले जानकारी दिए । यस्तो अवस्थामा प्रत्येक व्यक्तीले माक्स लगाउनु पर्छ, प्रत्येक घण्टा सावुन पानीले हात धुनु पर्छ , अध्यक्ष थपलियाले भने – कोरोनाको सक्रमंणबाट जोगिन सचेतनाका लागि सांकेतिक रुपमा वितरण गरेका हौ । सहकारीमा दुध विक्री गर्न आउने किसानहरुलाई अनिवार्य सावुनपानीले हात धोएर मात्रै प्रवेश दिने गरेको छ । हात धुनका लागि गेटमा धारा जडान गरेर सावुन राखिएको छ । माक्स लगाएका ,सावुनपानीले हात धोई र एक एक मिटरको दुरीमा राखेर दुध संकलन गरिएको अध्यक्ष थपलियाले वताए । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ३ हजार लिटर दुध संकलन गर्दै आएको छ ।



















