एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात
प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०८० | १७:०७:०७
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि एक व्यक्तिले हातपात गरेका छन् ।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ । ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०८० |
१७:०७:०७
5061



















