एकीकृत समाजवादीको सचिवालय बैठक आज र भोलि
प्रकाशित मिति: सोमबार, पौष ०२, २०८० | १०:००:२३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको थियो । बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने उनले बताए ।
प्रकाशित मिति : सोमबार, पौष ०२, २०८० |
१०:००:२३
5655



















