राप्तीमा शिक्षक सरुवाको बिरोधमा उत्रियो शिक्षक संगठन ,नगरपालिकालाई बुझायो बिरोध पत्र
चितवन, ०७ साउन । राप्ती नगरपालिकाले शैक्षिक सत्रको बिचमा शिक्षक सरुवा गरेको भन्दै नेपाल रास्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । नगरपालिकाले केही दिन अघि मात्र १८ जना शिक्षकको सरुवा गरेको थियो । ती शिक्षकलाई पुर्वाग्रह राखेर शैक्षिक शत्रको बिचमा सरुवा गरेको भन्दै नेपाल रास्ट्रिय शिक्षक संगठन राप्ती नगर समितिले आपत्ति जनाएको हो । राप्ती नगरपालिकाको शिक्षा ऎनको दफा २० उपदफा ४ को नियम विपरीत शिक्षक सरुवा गरिएकोमा ध्यानाकर्षण भएको जनाउंदै राप्ती नगरपालिकालाई बिरोध पत्र बुझाएको छ । शिक्षक संगठन नगर समिति अध्यक्ष बिश्वराम सेढाईले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारिलाई बिरोध पत्र हस्तान्तरण गरे ।
बिरोध पत्र बुझाउन क्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश महासचिव पुर्ण पुरिले राजनीतिक पुर्वाग्रहको आधारमा अहिले शिक्षकहरुको सरुवा गरेको आरोप लगाए । शैक्षिक गुणस्तरको नाममा शैक्षिक शत्र सुरु भएको तीन महिना बितिसकेको भन्दै यो निर्णय मान्य नहुने उनले बताए । शिक्षक सरुवा तत्काल फिर्ता लिइ राप्ती नगरको शिक्षाको गुणस्तरिय,परिणाममुखी र प्रभावकारी बनाउन नगर भित्रका पेशागत घटक संस्थाहरुसंग छलफल गरि समस्याको समाधान गर्न नगर प्रमुख समक्ष माग गरिएको छ । अन्यथा नेपाल राष्ट्रिय शिक्षक संगठन चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । संगठनले बुझाएको बिरोध पत्र नगर प्रमुख समक्ष पुर्याउने प्रमुख प्रशासकीय अधिकृत भण्डारिले बताए ।



















