नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक
प्रकाशित मिति: शुक्रबार, आश्विन ११, २०८१ | १७:०२:३७
चितवन, ११ असोज । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएकाे छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको हाे ।
आज साँझ ७ बजेदेखि शनिबार (भोलि) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
प्रकाशित मिति : शुक्रबार, आश्विन ११, २०८१ |
१७:०२:३७
3587


















