खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ | २३:३८:३२
चितवन , २८ जेठ । खैरहनी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर स्थानीय पाठ्यपुस्तक ल्याएको छ । कक्षा ४ देखि ८ कक्षासम्मका विद्यार्थीहरुको लागि तयार गरिएको पाठ्यपुस्तकको आज एक कार्यक्रमको बिच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी , खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा र नगर शिक्षा अधिकारी राजु बानियाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पहिलो चरणमा खैरहनीको विषयवस्तुलाई समेटेर कक्षा ४ देखि ८ सम्मको पाठ्यपुस्तक प्रकाशन गरिएको खैरहनीका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । पाठ्यपुस्तकको मूल्य सामान्य राखेको उनले बताए ।
प्रकाशित मिति : बुधबार, जेठ २८, २०८२ |
२३:३८:३२
2993





















