आर्थिक अनुशासन कायम गर्दै खैरहनी, असुल उपर गर्नुपर्ने बेरुजू शून्य
चितवन , ०३ असार । खैरहनी नगरपालिकाले असुल उपर गर्नुपर्ने बेरुजु शून्य बनाएको छ । खैरहनी नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१ मा गरेको आर्थिक कारोवारमा कुनै पनि असुल उपर गर्नुपर्ने रकम रहेको छैन । महालेखा परिक्षकको कार्यालयले आर्थिक बर्ष २०८०÷८१ को खैरहनीको लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमा औल्याएको असुल उपर रकम पालिकाले तत्कालै सम्बन्धित संस्थाबाट दाखिला गराई सम्परिक्षणको लागि पठाएको थियो ।
सम्परिक्षणको लागि पठाइएको ४ लाख ६५ हजार ५० रुपैयाँ महालेखा परिक्षकको कार्यालयको प्राविधिक समस्याको कारण समयमै सपरिक्षण नहुुदाँ महालेखाको अन्तिम प्रतिवेदनमा उक्त रकम असुल उपरमा देखिएको खैरहनी नगरपालिकाको दावी छ ।
महालेखा परिक्षकको कार्यालयलाई उक्त रकम सम्परिक्षणको लागि ताकेका पश्चात् उक्त रकम समपरिक्षण भएको पत्र प्राप्त भएकोले अब खैरहनी नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ म असुल उपर गर्नुपर्ने बेरुजु रकम नरहेको खैरहनीका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाले जानकारी दिए । प्रारम्भिक प्रतिवेदनमा औल्याइएको असुल उपर गर्नुपर्ने रकम समयमै दाखिला गराउँदा समेत महालेखा परिक्षकको कार्यालयको कमजोरीको कारण अन्तिम प्रतिवेदनमा उक्त रकम असुलउपर गर्नुपर्ने रकममा देखिएता पनि उक्त रकम दाखिला भएर सम्परिक्षण भइसकेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।
महालेखाको प्रतिवेदन अनुसार खैरहनीको नियमित गर्नुपर्ने बेरुजु ५७ लाख ३५ हजार ४२५ रहेको , प्रमाण पेश गर्नुपर्ने ३० लाख ७८ हजार २०३ रुपैयाँ र असुल उपर गर्नुपर्ने ४ लाख ६५ हजार ५० रुपैयाँ रहेको छ । सोमध्य असुल उपर गर्नुपर्ने बेरुजु सम्परिक्षण भएको पत्र आएकोले उक्त रकम शून्य भएको खैरहनी नगरपालिकाले जनाएको छ ।



















