रामहरि खतिवडा सर्वसम्मत रूपमा सुनुवाइ समितिको सभापति बने
प्रकाशित मिति: बिहिबार, भाद्र १९, २०८२ | १७:२०:३२
चितवन, १९ भाद्र । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् ।
सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
संघीय निजामती सेवा विधेयमा ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालिन सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
प्रकाशित मिति : बिहिबार, भाद्र १९, २०८२ |
१७:२०:३२
4049



















