बारामा झडपपछि सुरक्षा परिषद्को बैठक, प्रशासनद्वारा कर्फ्यू जारी
प्रकाशित मिति: बिहिबार, मंसिर ०४, २०८२ | १८:२५:०३
चितवन, ०४ मंसिर । बारामा हिजोदेखि सुरु भएको झडप र प्रदर्शनबारे सुरक्षा परिषद्को आज विशेष बैठक बसेको छ।
बैठकमा सुरक्षा चुनौती, आगामी रणनीति, र सुरक्षा अवस्था समिक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले घटनाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
हिजो बारामा जेन-जी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि आज सिमरामा पुनः प्रदर्शन भएको थियो।
प्रदर्शन नियन्त्रणका लागि प्रशासनले आज राति ८ बजेसम्मको कर्फ्यू आदेश जारी गरेको छ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०४, २०८२ |
१८:२५:०३
485
























