समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ | ९:२३:४४
चितवन, १६ मंसिर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा स्थापना भएको छ ।
कार्यालयको एक समारोहका बिच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनु भएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी वहन गर्नु भएको छ ।
उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई तोकिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनको लागि कुल ४१ जना कर्मचारीहरू कार्यरत रहने छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर १६, २०८२ |
९:२३:४४
309























