महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ | ११:००:५४
चितवन, १४ माघ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर विमान बारामती नजिक दुर्घटनाग्रस्त भएको छ। उनी गम्भीर घाइते भएका छन्।
आज बिहान ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ उडेको विमान अवतरण क्रममा दुर्घटनामा परेको हो। पवार जिल्ला परिषद् चुनावका लागि आयोजित जनसभामा सहभागी हुन प्रस्थान गरेका थिए। उनीसँगै केही सुरक्षाकर्मी र उच्च अधिकारी पनि विमानमा थिए।
एएनआई समाचार एजेन्सीका अनुसार, दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
प्रकाशित मिति : बुधबार, माघ १४, २०८२ |
११:००:५४
353



























