६२२ सरकारी सवारी फिर्ता: पहुँचको दुरुपयोगमा सरकारको कडा कदम
प्रकाशित मिति: मंगलबार, बैशाख १५, २०८३ | १६:५१:२०
चितवन , १५ बैशाख । सरकारले विभिन्न मन्त्रालय, मातहतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिएको छ।
कानुन विपरीत पहुँचका आधारमा सवारी सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीमाथि कडाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो कदम चालेको हो।
प्रारम्भिक अनुसन्धानले राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका अधिकारीलाई मात्र सवारी सुविधा दिने व्यवस्था भए पनि तल्लो तहका कर्मचारीहरूले समेत गाडी प्रयोग गरिरहेको देखाएको थियो। त्यसपछि सरकारले सबै निकायलाई विवरण माग गरी अवैध रूपमा प्रयोग भइरहेका सवारी फिर्ता गर्न निर्देशन दिएको थियो।
अब कानुनले तोकेबाहेक कसैले पनि व्यक्तिगत रूपमा सरकारी सवारी प्रयोग गर्न नपाउने व्यवस्था लागू गरिएको छ। आवश्यक परेमा भने सामूहिक रूपमा प्रयोग गर्न पाइनेछ।
प्रकाशित मिति : मंगलबार, बैशाख १५, २०८३ |
१६:५१:२०
265


























