हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग
प्रकाशित मिति: बुधबार, बैशाख १६, २०८३ | १२:३९:५७
चितवन, १६ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले सरकारमाथि मानवताविरोधी गतिविधि गरेको आरोप लगाउँदै राजीनामाको माग गरेका हुन्।
भिडियो सन्देशमार्फत साम्पाङले सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाउँदै साना समूहलाई समेत ठूलो संख्यामा प्रहरी परिचालन गरी आतङ्कित बनाउने काम भइरहेको आरोप लगाए। उनले सुकुम्बासीको लगत संकलनमा सेनाको प्रयोग गरिएको भन्दै आलोचना गरे।
यस्ता गतिविधिले राष्ट्रिय बेइज्जती भएको दाबी गर्दै उनले सरकारलाई राजीनामा दिई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३ |
१२:३९:५७
89





















