बालेन्द्र शाहले ईद–उल–फित्रको अवसरमा सद्भाव, सहिष्णुता र मेलमिलापको सन्देश दिए
प्रकाशित मिति: शनिबार, चैत्र ०७, २०८२ | ११:११:३८
चितवन, ०७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यले नै देशको प्रगति सुनिश्चित हुने बताएका छन् ।
ईद–उल–फित्रको अवसरमा शुभकामना दिँदै उनले यस पर्वले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
सामाजिक संजालमा उनले भनेका छन्:
“धर्म, संस्कृति र विविधतालाई सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट देश अघि बढ्छ। एक-अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ। ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस्।”
प्रकाशित मिति : शनिबार, चैत्र ०७, २०८२ |
११:११:३८
3543



















