गगन थापाले २०४६ पछि सार्वजनिक ओहदामा बसेकाको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग
प्रकाशित मिति: मंगलबार, चैत्र १०, २०८२ | १४:३२:५५
चितवन, १० चैत्र । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न सरकारसँग आयोग गठन गर्न माग गरेका छन्।
केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले भने, “०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ। रास्वपाले पनि यही कुरा भनेको छ। आयोग बनाउँछौँ, छानबिन गर्छौँ र अवैध भएको खण्डमा सम्पत्ति जफत गर्न सहयोग गर्नेछौँ।”
उनले थपे, “यो ३५ वर्षको अवधिमा धेरै राम्रा काम पनि भएका छन्। पूर्वाग्रह नराखी २०४६ सालदेखि भदौ २४ मा नेताका घरमा जलेका नोटसम्मको छानबिन हुनुपर्छ।”
प्रकाशित मिति : मंगलबार, चैत्र १०, २०८२ |
१४:३२:५५
3389



















