‘गल्ती स्वीकारेर जनताको विश्वास जित्नुपर्छ’ : विष्णु पौडेल
प्रकाशित मिति: आइतबार, जेठ ०३, २०८३ | १७:१२:०६
चितवन, ०३ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र भएका कमजोरी र त्रुटिहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचनासहित प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन् ।
३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा उनले जनताको बहुदलीय जनवादको मर्मलाई सही रूपमा आत्मसात् गर्दै गुमेको जनविश्वास पुनः स्थापित गर्नुपर्नेमा जोड दिए । साथै, एमालेलाई फेरि राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प आवश्यक रहेको बताए ।
उपाध्यक्ष पौडेलले नेपाली कम्युनिष्ट आन्दोलन अहिले इतिहासकै कठिन र रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनलाई कत्तिको प्रभावकारी रूपमा अनुसरण गरियो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक भइसकेको बताए ।
प्रकाशित मिति : आइतबार, जेठ ०३, २०८३ |
१७:१२:०६
507
























