उपत्यकामा २४ घण्टामा २,४४५ चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन
प्रकाशित मिति: बिहिबार, जेठ २१, २०८३ | १४:३५:१६
चितवन, २१ जेठ । पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४४५ सवारीचालक कारबाहीमा परेका छन्। यस अवधिमा राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना र तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना, सडक पेटीमा पार्किङ गर्ने १४ जना, एकतर्फी सडकमा सवारी चलाउने १६६ जना तथा अन्य नियम उल्लङ्घन गर्ने १ हजार ४८७ जना कारबाहीमा परेका छन्।
प्रकाशित मिति : बिहिबार, जेठ २१, २०८३ |
१४:३५:१६
221



























