बजारमा एलपीजी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न उद्योगमन्त्री यादवको आग्रह
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ | १८:५१:३१
चितवन, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गर्नुभएको छ।
पछिल्ला केही दिनदेखि ग्यास अभावको गुनासो बढेपछि मन्त्रालयले आपूर्ति अवस्थामाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ। मन्त्री यादवले सर्वसाधारणलाई तत्काल आवश्यक मात्रामा मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा सञ्चय (होडिङ) नगर्न आग्रह गर्नुभएको छ।
साथै, बजारमा देखिएको समस्या तत्काल समाधान गरी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन दिइएको र वितरण प्रणालीलाई थप व्यवस्थित बनाइने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : सोमबार, साउन ११, २०८३ |
१८:५१:३१
111

























