हेटौंडामा यातायात कार्यालय नजिक ४१ वर्षीय पुरुष मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
प्रकाशित मिति: आइतबार, साउन १०, २०८३ | १९:३४:०९
चितवन, १० साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मृत फेला पर्नेमा थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन्।
घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : आइतबार, साउन १०, २०८३ |
१९:३४:०९
177























