उद्योग बाणिज्य संघ खैरहनीले स्थापना गर्यो व्यवसायी भलाइकोष
चितवन , २५ जेठ । उद्योग वाणिज्य संघ खैरहनीले व्यवसायी भलाइकोष स्थापना गरेको छ । संघको आज सोमबार भएको १४ औं बार्षिक साधारण सभाको अवसर पारेर सो कोष उद्घाटन गरिएको हो । उद्घाटनका अवसरमा नव पुष्पाञ्जली कापी तथा स्टेशनरी उद्योग प्रालीले ३ लाख रुपैयाँ सहयोग गरेको छ । कापी तथा स्टेशनरी उद्योगका अध्यक्ष चन्द्र प्रसाद खनालले ३ लाख बराबरको चेक संघका वरिष्ठ उपाध्यक्ष एवं व्यवसायी भलाइकोषका संयोजक अर्जुन लम्साललाई हस्तान्तरण गरे । सो कोषमा एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।
संघका पदाधिकारी र सदस्यबाटै १० लाख संकलन हुने अनुमान छ । उक्त कोषमा जम्मा भएको रकमले व्यवसायिलाई भवितव्य परेका बेला सहयोग गरिने संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । उद्योगि,व्यवसायिको छाता संस्थाले अभिभावकत्व ग्रहण गर्ने गरि कोष बनाएका हौं, संघका अध्यक्ष खनालले भने कुनै पनि दैविकविप्रकोप,भवितब्यमा कोषबाट राहत स्वरुप सहयोग हुनेछ । संघमा २ हजार ६ सय भन्दा बढी उद्योगि,व्यवसायी आवद्ध छन् ।




























