खैरहनीमा कारको ठक्करबाट एक बालक घाइते
प्रकाशित मिति: बुधबार, साउन ०६, २०८३ | २२:२०:००
चितवन , ६ साउन । खैरहनीमा आज कारको ठक्करबाट एकजना बालक घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्साबजारमा विएए २१९७ नम्बरको कारले सडक आज बेलुका करिव ७:३० बजे एक बालकलाई ठक्कर दिएको हो ।
सडक छेउमा रहेका बालक एक्कासि सडकको बिचतर्फ आउदा कारले ठक्कर दिएको सिसिक्यामरा भिडियोमा देखिन्छ । कारको ठक्करबाट खैरहनी ८ निवासी ३ वर्षिय प्रतीक कुमार सोनि घाइते भएको प्रहरीले जनाएको छ । बालकको खुट्टा र अनुहारमा चोट लागेकोले उपचारको लागि भरतपुर लगिएको छ । घाइतेलाई चालकले सोही कारमा उपचारको लागि बालकको अभिभावकसहित भरतपुर लगेको र चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ०६, २०८३ |
२२:२०:००
89



















