जबरजस्ती करणीकोे आरोपमा खैरहनीबाट फक्राउ परेका एक युवक पुर्पक्षको लागि थुनामा
प्रकाशित मिति: बिहिबार, साउन ०७, २०८३ | १३:२५:२२
चितवन , ७ साउन । खैरहनीमा १७ बर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पुपक्र्षको लागि थुनामा परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सामा रहेको एक लजमा असार ९ गते १७ वर्षिय वालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा खैरहनी ६ मा डेरा गरि बस्ने बर्ष ३६ को तहिद खाँ पक्राउ परेका थिए । फक्राउ परेका उनलाई जिल्ला अदालत चितवनले बुधबार पुपक्र्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ०७, २०८३ |
१३:२५:२२
595


















