प्रहरीमाथि आक्रोशित बनेका मोटरसाइकल चालकले मागे माफी
प्रकाशित मिति: शनिबार, साउन ०९, २०८३ | १०:४८:१९
चितवन , ९ साउन । ट्राफिक चेकिङका क्रममा खटिएका प्रहरीमाथि आक्रोशित भई गालीगलौज गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि मोटरसाइकल चालकले माफी मागेका छन्।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ का जनार्दन ढुङ्गानाले आफू क्षणिक आवेश र उत्तेजनामा आएर गल्ती गर्न पुगेको स्वीकार गर्दै माफी मागेका हुन्। विहिबार बेलुका ईलाका प्रहरी कार्यालय अगाडी नियमित सवारी चेकजाँचका क्रममा प्रहरीले ढुङ्गानासँग सवारी चालक अनुमतिपत्र नभएको पाएपछि रु. २ हजार जरिवाना गराएको थियो। जरिवाना पुर्जी काटेपछि आक्रोशित बनेका उनले प्रहरी टोलीलाई ‘एक–एकलाई नछाड्ने’ भन्दै धम्की दिएका थिए। उक्त घटनाको भिडियो सामाजिक संजालमा व्यापक भाइरल भएपछि ढुङ्गानाले अन्जान र क्षणिक उत्तेजनामा परेर आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन्।
प्रकाशित मिति : शनिबार, साउन ०९, २०८३ |
१०:४८:१९
1


















