क्षेत्र नं. १ को सह-सचिव पदका लागि नवराज भूसालको उम्मेदवारी घोषणा
चितवन, असोज ९ । नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र नम्बर १ को सह-सचिव पदका लागि नवराज भूसालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
”सानालाई माया, ठूलालाई सम्मान, समाज सेवा मेरो कर्तव्य” भन्ने मूल नारालाई आत्मसात गर्दै उहाँले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो। सरल , सालिन व्यक्तिको रुपमा परिचित भुसालले आफुलाई सहयोग गर्न नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरुलाई अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेसको आदर्श मानिने राष्ट्रियता, लोकतन्त्र र समाजवादी विचारको बाटोमा अडिग रहँदै पार्टी संगठनलाई अझ सुदृढ र गतिशीलता प्रदान गर्न आफ्नो उम्मेदवारी रहेको भूसालको भनाइ छ। महाधिवेशन नजिकिँदै जाँदा स्थानीय स्तरमा पनि नेतृत्व चयनका लागि आन्तरिक भेटघाट, छलफल तथा प्रचारप्रसारका कार्यक्रमहरू तीव्र पारिएका छन्। भुसाल खैरहनी १ का वडा अध्यक्ष हुन् ।




















