राधाकृष्ण दुग्ध उत्पादक सहकारीको अध्यक्षमा श्यामचन्द्र रैला निर्वाचित
खैरहनी । खैरहनी नगरपालिका–६ स्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनबाट श्यामचन्द्र रैला अध्यक्षमा निर्वाचित भएका छन्।
सहकारीको नेतृत्वका लागि नेकपा एमाले र नेकपा बीच गठबन्धन भएको थियो। उक्त गठबन्धनबाट अध्यक्षका उम्मेदवार रैला निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी काङ्ग्रेस निकट हरिकुमार पाठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साथ थियो । रैलाले १०८ मत प्राप्त गर्दा पाठकले ४७ मत मात्र पाए ।
अध्यक्षसहित सञ्चालक समिति सदस्यका लागि निर्वाचन भएको थियो। अध्यक्षमा रैला निर्वाचित हुँदा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा भने निर्विरोध चयन भएको हो। समिति सदस्यहरुमा कृष्ण प्रसाद पौडेल १२८ मत,सिर्जना बुर्लाकोटी १२१ मत,रम्भा महतो ११८ मत,योगनिधी गौतम १०९ मत र भगवती बराली १०९ मतला साथ निर्वाचित भएको निर्वाच्न समिति सदस्य कृष्ण थपलियाले जानकारी दिए ।
त्यस्तै, लेखा समिति संयोजक तथा सदस्यहरू पनि निर्विरोध चयन भएका छन्। समिति संयोजकमा एमाले निकट झंकबहादुर लोहनी तथा सदस्यहरुमा गोमा चौधरी र रामचन्द्र अधिकारी निर्विरोध भएका हुन् ।





















