चितवनको खैरहनीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ७२ हजार ३ सय बरामद
प्रकाशित मिति: शनिबार, कार्तिक २२, २०८३ | १९:३७:१५
चितवन, २१ कात्तिक । पुर्वीचितवनको खैरहनीबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले खैरहनी नगरपालिका वडा नम्बर १० जीवनपुर चोकस्थित एबीसी किराना स्टोरपछाडिको टहराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई आज पक्राउ गरेको हो ।उनीहरुको साथबाट नगद ७२ हजार ३ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
साँझ अन्दाजी ५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको विशेष गस्ती टोलीले सो टहरामा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०८३ |
१९:३७:१५
1



















