सप्तरीको थप १ जनामा कोरोना संक्रमण, यससँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुग्यो
प्रकाशित मिति: सोमबार, बैशाख २९, २०७७ | १४:०१:४५
काठमाडौं,२९ वैशाख
सप्तरीमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपरान्ह सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय पुरुष सङ्क्रमित पुष्टि गरेको हो। प्रदेश २ को सप्तरीमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको हो।
यससँगै देशभर संक्रमितको संख्या १ सय २१ पुगेको छ। आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो।
प्रकाशित मिति : सोमबार, बैशाख २९, २०७७ |
१४:०१:४५
3653



















