ओलीको आज त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया
प्रकाशित मिति: सोमबार, चैत्र ३०, २०८२ | ११:१४:२८
चितवन, ३० चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया हुँदैछ। चिकित्सकहरूले यसअघि नै आजका लागि शल्यक्रियाको मिति तय गरेका थिए र पूर्वतयारी अनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ।
डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरी पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्नेछ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओली पक्राउ परेकै दिनदेखि शिक्षण अस्पतालमा भर्ना भएका थिए। पछि सर्वोच्च अदालतले शर्तसहित रिहा गर्न आदेश दिएपछि प्रहरीले उनलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो।
रिहा भएपछि पनि शल्यक्रिया आवश्यक रहेकाले उनी अस्पतालमै उपचाररत थिए।
प्रकाशित मिति : सोमबार, चैत्र ३०, २०८२ |
११:१४:२८
529



















