नेपालमा एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो
प्रकाशित मिति: मंगलबार, बैशाख ३०, २०७७ | १३:२७:२४
काठमाडौं,३० वैशाख
नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

प्रकाशित मिति : मंगलबार, बैशाख ३०, २०७७ |
१३:२७:२४
3939



















