खैरहनीका १० जनाको रिपोर्ट नेगेटिभ,४ जनाको वाँकी
चितवन,१ जेठ।
चितवनको खैरहनीमा काम गरि फर्केका सप्तरीका एक युवामा कोरोना संक्रमण देखिएपछि यहाँ कार्यरत रहँदा सम्र्पकमा रहेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ति युवाको सम्र्पकमा रहेकाहरु मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले वताए । अन्य दुई जना भने खैरहनी ६ का हुन् । दुई मध्ये श्रीमतीलाई लगातार ज्वरो आईरहेपछि श्रीमान श्रीमतीकै स्वाव परिक्षण गरिएको थियो । खैरहनी १३ गवैमा ज्यालामजदुरी गरेर घर फर्किएका १८ वर्षिय युवामा गत आईतवार कोरोना पोजेटिभ देखिएको थियो । त्यस पछि उनीसंग पटक पटक सम्र्पकमा रहेका र सम्र्पकमा रहेकाहरुका परिवारका सदस्यहरुको स्वाब परिक्षण गरिएको हो । ति युवाका ठेकेदार,घरवेटी र रासनपानी खरिद गरेको पसलका संचालक र उनीहरुको परिवारलाई बुधवार भरतपुर कोरोना अस्पताल लगेर स्वाब संकलन गरिएको थियो ।
यहाँबाट गएका ति युवा अन्य जिल्लाका मस्जिदमा पस्दै गएकाले उतै संक्रमण भएको अनुमान छ । यस्तै खैरहनी ६ मा रहेको मस्जिदमा वस्ने ४ जनाको स्वाब विहीवार संकलन गरि परिक्षणको क्रममा रहेको जानकारी आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । अधिकारीका अनुसार संभवत शुक्रवार विहान सम्म ति चार जनाको पनि रिपोर्ट आउने छ । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले यहाँ काम गरेर फर्किएका ति युवामा अन्य जिल्लाबाटै संक्रमण भएको रिपोर्टले पुष्टी गरेको वताए । देशभर संक्रमणको दर वढ्दै गएकाले सचेत रहन प्रमुख चौधरीले सम्र्पूण नगरवासीहरुलाई आग्रह गरेका छन् । आफ्नो क्षेत्रमा नयाँ मान्छे आएको देख्ने वित्तिकै नगरपालिका र प्रहरी प्रशासनलाई जानकारी गराउन समेत उनले आह्वान गरेका छन् ।



















