स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो ,कोरोना संक्रमित २४५ मात्रै
प्रकाशित मिति: बिहिबार, जेठ ०१, २०७७ | ११:५८:३२
काठमाडौं,१ जेठ ।
सरकारले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित २४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान २ पटक सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनस्सच्याएको छ।
मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले त्रुटि सच्याएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको जानकारी बाहिर ल्याएका हुन्।

प्रकाशित मिति : बिहिबार, जेठ ०१, २०७७ |
११:५८:३२
3785



















