थप ९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४५३ पुग्यो
प्रकाशित मिति: बिहिबार, जेठ ०८, २०७७ | १६:४४:४७
काठमाडौँ,८ जेठ
बिहिवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो।
संक्रमणबाट अहिलेसम्म तीन जनाको निधन भइसकेको छ भने ४९ जना डिस्चार्ज भइसकेका छन्।
प्रकाशित मिति : बिहिबार, जेठ ०८, २०७७ |
१६:४४:४७
3675



















