नेपालमा थप ३० जनामा संक्रमण पुष्टि ,संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौँ,९ जेठ
नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ।
यस्तै नवलपरासीको सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका– ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका निवासी २४, २५, २७, २९,३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिकामा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै सर्लाहीको गोडैता नगरपालिकाको वडा नम्बर ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका –७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षीय पुरुष तथा १८ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रलायले जनाएको छ ।



















