बाराका ६ जनासहित थप ९ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ५१६
प्रकाशित मिति: शुक्रबार, जेठ ०९, २०७७ | २०:४१:४४
काठमाडौं , ९ जेठ।
नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमध्य ६ जना बारा जिल्लाका रहेका छन् । सबै ६ जना बारा जिल्ला सिमरनगढ नगरपालिकाका पुरुषहरु रहेका छन् ।
त्यस्तै मकवानपुर जिल्ला हेटौडा ३ की ५४ बर्षिय महिला र भक्तपुर ९ की ४२ बर्षिय महिला र सप्तरी बलान बिहुल गाँउपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोभिड १९ को संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०९, २०७७ |
२०:४१:४४
4225



















